arrow

सी बने तेस्रो पटक चीनको राष्ट्रपति 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
xi-jinping-china-brics.jpg
तस्बिर – फाइल ।

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ तेस्रो पटक चीनको राष्ट्रपति चयन भएका छन् । बेइजिङमा जारी चिनियाँ जनकंग्रेसको १४औं वार्षिक अधिवेशनले सर्वसम्मत रूपमा सीलाई राष्ट्रपति तथा अध्यक्षमा चयन गरेको हो । 

६९ वर्षीय सीलाई चिनियाँ संसद्का रूपमा रहेको जनकंग्रेसका करिब ३ हजार सदस्यले सर्वसम्मत रूपमा राष्ट्रपति चयन गरेका हुन् । सीविरुद्ध कसैको उम्मेदवारी भने परेको थिएन । 

तेस्रो पटक राष्ट्रपति चयन भएसँगै सीलाई माओ त्से तुङपछि चीनको सबैभन्दा शक्तिशाली नेताका रूपमा हेरिएको छ । सी पहिलोपल्ट मार्च, २०१३ मा चीनको राष्ट्रपति बनेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ