arrow

एक्साइडको नयाँ मोटरसाइकल ब्याट्री नेपाली बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
sipradi-exide-48-months-warrenty.jpg

काठमाडौँ। विश्व प्रसिद्ध एक्साइड ब्राण्डको एक्सप्लोर नामक नयाँ ब्याट्री नेपाली बजारमा सार्वजनिक गरिएको छ। सबै प्रकारका मोटरसाइकललाई लक्षित गर्दै सिप्रदी ट्रेडिङ्ग प्रालिले यसको विक्री वितरण आरम्भ गरेको हो। नेपालको सडक एवं हावापानी सुहाउँदो एक्सप्लोर ब्याट्री विशिष्ट गुणहरू एवं विशेषताहरूले सम्पन्न भएको कम्पनीले जनाएको छ।

कम्पनीको अनुसार “स्पिल प्रुफ डिजाइन गार्ड, ग्यास रिकम्बीनेसन प्रणाली, एवं लिड क्याल्सिएम प्रविधि जस्ता अत्याधुनिक विशेषताहरू भएको यस ब्याट्रीमा पानी कहिल्यै थप्नु पर्दैन। फ्याक्ट्रीबाट नै चार्ज भएर आउने एक्सप्लोरको डब्बामा पोली प्रोपिलिन प्लास्टिक र सिन्थेटिक रेजिनको प्रयोग पनि गरिएको छ। यसै गरी, ४८ महिना लामो वारेन्टी भएको यस ब्याट्रीले यसको प्रयोगकर्तालाई मर्मत सम्भारको झन्झटलाई टाढा राख्दछ।

एक्साइड ब्राण्डको नेपालस्थित एक मात्र विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि यस एक्सप्लोर ब्याट्रीले चाँडै धेरै भन्दा धेरै ग्राहकहरूको पहिलो रोजाई बनी बजारको उल्लेखनीय हिस्सा ओगट्ने कम्पनीको विश्वास छ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ