arrow

सुनाखरीसहित दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
pakrau9.jpg

बागलुङ । बागलुङमा बहुमूल्य जडीबुटी सुनाखरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक सय ३८ किलो सुनाखरी, २२ किलो जङ्गली च्याउ र नौ किलो वनलसुनसहित उनीहरुलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार अवैध जडीबुटी ओसारपसार गरेको आरोपमा निसीखोला गाउँपालिका-५ कारीगाउँका मिलन भण्डारी र निसीखोला-४ कानाबगरका रेशमबहादुर मल्ललाई पक्राउ गरिएको हो । उनीहरुले जडीबुटी ओसारपसारका लागि लु१ज ४५२६ नम्बरको जिप प्रयोग गरेका थिए । 

यस्तै, जिल्ला प्रहरी कार्यालय बागलुङले गोठमा आगजनी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । 

प्रहरीले बरेङ गाउँपालिका-४ ठोलोसौरा सल्यानका मेघनाथ शर्माको गोठमा आगजनी गरेको आरोपमा स्थानीय लीलामणि शर्मा गौतमलाई पक्राउ गरेको हो ।  

यही फागुन २३ गते राति आगजनी गरिँदा रु पाँच लाख बराबरको क्षति भएको सूचना अधिकारी मदन केसीले बताए । आगजनीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ