arrow

तालिबानी आत्मघाती विष्फोटमा गभर्नरको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
afghanistan-suicide-attack.jpg
तस्बिर – फाइल ।

काबुल । उत्तरी अफगानिस्तानको बाल्खमा तालिबानद्वारा नियुक्त गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु भएको छ । बल्खको सुरक्षा विभागका प्रवक्ता मोहम्मद आसिफ वाजिरीले तालिबानद्वारा नियुक्त गभर्नर मोहम्मद दाउद मुजामिल उक्त विस्फोटमा मारिएको पुष्टि गरेका छन्। 

आज बिहान करिब ९ बजे, बल्खका गभर्नर मोहम्मद दाउद मुजामिललाई विस्फोटक पदार्थ बोकेका एक व्यक्तिले आत्मघाती  विस्फोट गराउँदा गभर्नर सहित दुई नागरिकसहित मारिएका छन् । त्यसैगरी विस्फोटबाट अन्य चारजनाको मृत्यु भएको  छ जसमा तीन सैन्य सदस्य र एक सर्वसाधारण नागरिक रहेको बुझिएको छ । 

यसैबीच इस्लामिक इमिरेट्सका प्रवक्ता जबिउल्लाह मुजाहिदले पनि ट्वीटरमा प्रान्तीय गभर्नरको हत्याप्रति दुःख व्यक्त गरेका छन्। बल्खको सुरक्षा विभागको विज्ञप्तिमा भनिएको छ –आत्मघाती भेस्ट लगाएका एक व्यक्तिले प्रान्तीय गभर्नरको कार्यालय नजिकै दोस्रो तलामा आफूलाई विस्फोट गराई उक्त  हत्या गरेको  टोलो न्युजले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ