arrow

विद्यार्थी राजनीतिमा कलमको ठाउँमा खुकुरी चल्यो, आरआरमा हानाहान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
rr-college-banda.jpg

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयू) निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा रत्नराज्यलक्ष्मी क्याम्पस प्रर्दशनीमार्गमा खुकुरी प्रहार भएको छ ।

उम्मेदवारी दर्ता गर्ने क्रममा विद्यार्थी समूहबीच विवाद बढेपछि खुकुरी हानाहान भएको हो । विवाद बढेपछि नेकपा एकीकृत समाजवादी निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थीले एमाले निकट अनेरास्ववीयूका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट राज न्यौपाने, अनिल बोहरा र विवेक गैरे घाइते भएका छन् ।

फर्जी विद्यार्थी खडा गरिएको भन्दै विवाद आरआरमा बढेको थियो । विवाद बढेपछि नेपाली कांग्रेस निकटको नेविसंघ, माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीलगायत सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ