arrow

आरआरमा हानाहान : खुकुरीसहित चन्द पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
khukuri1.jpg

काठमाडौं ।  रत्न राज्यलक्ष्मी क्याम्पस आरआरबाट खुकुरीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयू)को चुनावी कार्यक्रमअन्तर्गत शनिबार उम्मेदवारी दर्ताका क्रममा खुकुरी देखाएपछि विद्यार्थी मनोज चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

उनका अनुसार क्याम्पसमा अनेरास्ववीयू र अनेरास्ववियू क्रान्तिकारीबीच मनोनयन दर्ताको विषयलाई लिएर खुकुरी हानाहान हुन थालेपछि बैतडीका चन्दलाई खुकुरीसहित नियन्त्रणमा लिइएको हो । घटनाका सम्बन्धमा प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

गृहमन्त्रालयले यस्ता घटना नियन्त्रणका लागि निगरानी गर्न र उच्छङ्खल गतिविधि गर्नेलाई पक्राउ गरी कारबाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयले यसअघि नै निर्देशन दिइसकेको छ ।

स्ववीयू निर्वाचन आगामी चैत ५ मा हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ