arrow

इन्डोनेसियाको पहिरोमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
indonesia-pahiro-new.jpeg

इन्डोनेसिया । इन्डोनेसियाको पश्चिमी प्रान्त नाटुना रिजेन्सीमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ ।

 विपद् न्यूनीकरण निकाय (बीएनपीबी) का प्रवक्ता अब्दुल मुहारीले पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार ३६ पुगेको जानकारी दिएका हुन् ।

उनले भने, “पहिरोमा पुरिएका ३६ जनाको शव निकालिएको छ । यसबीचमा हराइरहेका १८ जनाको खोजी कार्य जारी छ,” मुहारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

लगातारको भारी वर्षाका कारण सोमबार दिउँसो पहिरो खसेको हो । पहिरोपछि तीन वटा गाउँ पुरिएको र एक हजारभन्दा बढी मानिसले अस्थायी आश्रय लिएका बताइएको छ ।    

इन्डोनेसियामा सामान्यतया वर्षायाममा ठूलो बाढी र पहिरोजस्ता थुप्रै जल उत्पन्न प्रकोपहरू हुन्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ