arrow

बंगलादेशले एक खेलअघि नै जित्यो इङ्गल्याण्डविरुद्धको टी–२० श्रृंखला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
bangladesh-t20-team-happy.jpg

काठमाडौं । बंगलादेशले एक खेलअघि नै इङ्गल्याण्डविरुद्धको टी–२० क्रिकेट श्रृंखला जितेको छ । आज मिरपुरमा भएको दोस्रो खेलमा ४ विकेटको जित हासिल गर्दै बंगलादेशले तीन खेलको श्रृंखला २–० ले जितेको हो । 

इङ्गल्याण्डले पहिले ब्याटिङ्ग गर्दै ११७ रनमात्र बनायो । बेन डुकेटले २८ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्न मेहन्दी हसन मिराजले ४ विकेट लिए । 

जवाफमा बंगलादेशले १८.५ ओभरमा ६ विकेट गुमाएर जित निकाल्यो । नजमुल हुसेन सान्तोले अविजित रहँदै ४६ रन जोडे । 

पहिलो खेल बंगलादेशले ६ विकेटले जितेको थियो । अन्तिम खेल मंगलबार हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ