arrow

बैंकले ब्याज बढाउने निश्चित, ईसीबीले मुद्रास्फीति नियन्त्रणका लागि थप संशोधन गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
european-central-bank-eurosystem.jpg
तस्बिर – फाइल ।

फ्रयाङ्कफर्ट । युरोपेली केन्द्रीय बैंकले आगामी बिहीबार फेरि ब्याज दर बढाउने निश्चित छ । विश्लेषकहरूको ध्यान आगामी महिनाहरूमा मुद्रास्फीति नियन्त्रण गर्न कति उच्च नीति निर्माताहरू जाने योजना बनाइरहेका छन् ।

ईसीबीको २६ सदस्यीय प्रशासनिक परिषद्ले फ्रयाङ्कफर्टमा हुने बैठकमा ब्याज दरमा थप आधा प्रतिशत बिन्दुले वृद्धि गर्ने सम्भावना रहेको अध्यक्ष क्रिस्टीन लेगार्डले गत साता बताएकी थिइन् । 

ईसीबीका तीन मुख्य दरहरूलाई जुलाईपछि ३.५ प्रतिशत बिन्दुले बढाएको छ र ब्याजदर वृद्धिको पछिल्लो संशोधन लगातार छैटौं पटक हुनेछ ।

युक्रेनमा रूसको युद्धपछि ऊर्जा र खाद्यान्नको मूल्य बढेपछि ईसीबीले उपभोक्ताको मूल्यलाई कम गर्न ऐतिहासिक रूपमा तीव्र गतिमा दरहरू बढाएको छ ।

आईएनजी बैंकका अर्थशास्त्री कास्टेन ब्रेजेस्कीले बिहीबारको निर्णयले ईसीबीको भविष्यको कदमका बारेमा सङ्केतमा थप चासो राख्ने बताएका छन् । 

उनले उच्च ऋण लागतको आर्थिक पीडा कम गर्न दर वृद्धिलाई कम गर्न चाहने नीति निर्माताहरू र मुद्रास्फीति ईसीबीको दुई प्रतिशत लक्ष्यभन्दा माथि रहेकाले सही दिशामा रहन दबाब दिने ‘खेलाडी’ बीच ‘पेचिलो छलफल’ को भविष्यवाणी गरेका हुन् । 

ड्यूच बैंकका अर्थशास्त्रीहरूले एक पूर्वावलोकनबारे लेखिएको टिप्पणीमा भनेका छन्, “मार्चको वृद्धि मे र त्यसपछिका लागि सङ्केत गरिएको वृद्धिभन्दा कम महत्वपूर्ण हुनेछ ।”

संयुक्त राज्य अमेरिकामा फेडरल रिजर्भले ईसीबीको तुलनामा पहिले र अधिक आक्रामक रूपमा दरहरू बढाउन शुरु गरेको थियो । अमेरिकी केन्द्रीय बैंकले चाँडै यसको कडाई रोक्न सक्नेछ भन्ने आशाहरू क्षीण भइरहेका छन् । 

फेडका प्रमुख जेरोम पावेलले आर्थिक आँकडा अपेक्षा गरिएभन्दा बलियो भएपछि हालै भनेका थिए, “ब्याजदरको अन्तिम स्तर पहिले अनुमान गरिएभन्दा बढी हुने सम्भावना छ ।” शुरुमा अनुमान गरिएजस्तो कमजोर वृद्धि रेकर्ड गर्नुको साटा संशोधित तथ्याङ्कले देखाएअनुसार सन् २०२२ को चौथो त्रैमासिकमा अर्थतन्त्र स्थिर रह्यो । युरो क्षेत्रमा यो तस्वीर अझ डरलाग्दो छ । 

फेब्रुअरीमा ८।५ प्रतिशत पुगेको हालैका महिनाहरूमा ऊर्जाको मूल्यमा आएको गिरावटले मुद्रास्फीतिलाई कम गर्न मद्दत गरेको छ जुन जनवरीमा ८।६ प्रतिशतबाट तल झरेको हो ।

तर अस्थिर ऊर्जा र खाद्य लागत बाहेक, कोर मुद्रास्फीति ५।६ प्रतिशतको नयाँ र उच्च रेकर्डमा पुगेको छ, जसले थप ब्याज दर वृद्धिको तर्कलाई बल दिन्छ । 

हालसालै लेगार्डले २० सदस्य राष्ट्र भएको युरो क्षेत्रमा मूल्य स्थिरता कायम गर्न ‘जे पनि गर्न’ प्रतिवद्धता जनाएका छन् । युरो जोनको अर्थतन्त्र युक्रेन युद्धको परिणामसँग ‘लचिलो’ साबित भएको उनले गत हप्ता बताएका थिए । यूरोपमा बेरोजगारी कम छ । 

यद्यपि, बैंकले ज्याला वृद्धिका बिषयमा गहिरो मूल्याङ्कन गरिराखेको छ किनकि उच्च उपभोक्ता मूल्यहरूले मुद्रास्फीतिको दबाब थप्दै युरोपमा तलबको लागि ईन्धनको मूल्यवृद्धिको माग बढाउँछ । 

नयाँ पूर्वानुमान

“हामीलाई शङ्का छ, ईसीबी थप दर वृद्धिका लागि तयार हुनुपर्छ,” डच बैंकका अर्थशास्त्रीले भने । 

धेरै विश्लेषकहरूले ईसीबीको बैंक निक्षेप दर, हाल २।५ प्रतिशतमा रहेको र यो आगामी दिनमा ३.५ देखि ४.० प्रतिशतमा पुग्ने र केही समयको लागि स्थिर रहने अपेक्षा गरेका छन् । ईसीबीले आफ्नो निर्णयलाई मार्गदर्शन गर्न मद्दत गर्न बिहीबार नयाँ आर्थिक पूर्वानुमान साथ तयार हुनेछ ।

गत डिसेम्बरमा ईसीबीले सन् २०२४ मा मुद्रास्फीति ३।४ प्रतिशत र सन् २०२५ मा २।३ प्रतिशतमा झर्ने अनुमान गरेको थियो । 

प्राकृतिक ग्याँसको मूल्यमा हालैको गिरावटलाई ध्यानमा राख्दै, पर्यवेक्षकहरूले अब ती आँकडाहरूमा गिरावट आउने संशोधित भविष्यवाणी गरेका छन् ।

ईसीबीले सन् २०२३ मा मन्दीको अपेक्षा गरेको छैन र आर्थिक वृद्धिको पूर्वानुमानमा कुनै पनि माथिको संशोधनले नीति निर्माताहरूलाई थप मौद्रिक कडाइ गर्न सजिलो बनाउनेछ । 
 
ईसीबीले बिहीबार पनि आफ्नो विशाल ऋणपत्रको खुलापनको बारेमा अद्यावधिक गर्दै मुद्रास्फीति विरुद्धको लडाईमा अर्को प्रमुख उपाय अवलम्बन गर्नेछ । 

बैंकले गत मार्चमा आफ्नो वासलात .पूँजी तथा दायित्व) लाई ‘गुणात्मकरूपमा कडाई (क्यूटी)’ गर्ने प्रक्रियालाई मासिक औसतमा १५ अर्ब युरो (करिब १६ अर्ब अमेरिकी डलर० ले खुम्च्याउने प्रयास गरेको थियो । 

क्यापिटल इकोनोमिस्टका विश्लेषक ज्याक एलेन रेनोल्ड्सले भने, “बजारको अवस्था अनुकूल रहँदासम्म बैंकले जुलाईमा क्यूटीलाई गति दिनेछ ।” एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ