arrow

सबै स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतलाई सामान्यको १८ बुँदे निर्देशन [पूर्णपाठसहित] 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
samanya-prasashan-mantralaya.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई १८ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयका सचिव कृष्णहरि पुष्करले कार्यसम्पादन तथा व्यवस्थापनका विषयमा निर्देशन जारी गरेका हुन् ।

निर्देशन जारी गरेको सूचनामा ‘स्थानीय तहको कार्यसम्पादन र व्यवस्थापनलाई आगामी दिनमा थप प्रभावकारी, पारदर्शी तथा जनउत्तरदायी बनाउन विशेष ध्यान दिइ कामकारबाही गर्ने गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । 

स्थानीय तहको बेरुजु तत्काल पर्छ्यौट गरेर मन्त्रालयमा विवरणमा पेश गर्नेदेखि स्थानीय तहबाट प्रवाह हुने सेवाबाट सेवाग्राही सन्तुष्ट भए–नभएको विषयमा नियमित रुपमा सेवाग्राही सन्तुष्टि सर्वेक्षण गर्नेसम्मका निर्देशन रहेको छ ।

त्यस्तै सेवाग्राहीको वैकल्पिक व्यवस्था मिलाएर मात्र स्थानीय तहका कर्मचारीको बिदा, काज, भ्रमण लगायतका कार्यहरु तोकिएको कानून, विधि तथा प्रक्रिया बमोजिम अधिकारप्राप्त अधिकारीबाट स्वीकृत गर्न गराउनसमेत निर्देशन दिइएको छ । 

साथै स्थानीय तहको काम काराबाहीमा कुनै विवाद तथा द्धिविधा उत्पन्न भएमा संघ तथा सम्बन्धित प्रदेशका मन्त्रालय–निकायहरुसँग समन्वय र सहकार्य गर्नसमेत निर्देशन दिइएको छ । 

यस्तो छ १८ बुँदे निर्देशन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ