arrow

वीरका पाँच स्टाफ नर्स हटाइए 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
NAMS-bir-hospital.jpg
तस्बिर – फाइल ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालका पाँच जना स्टाफ नर्सलाई हटाएको छ। कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पताल अन्तर्गत  कार्यरत स्टाफ नर्सहरुलाई सेवावाट हटाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै पाँचौं तहका स्टाफ नर्सहरू सझना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवाबाट हटाएको हो।

उनीहरू लामो समयदेखि कार्यालयमा हाजिर भएका थिएनन् ।

गोरखापत्रमा सूचना निकालेर बाटोको म्यादबाहेक ३० दिनभित्र अस्पतालमा हाजिर हुन आउन भनिए पनि नआएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको नियमावली १३३ को घ बमोजिम हटाइएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ