arrow

चीन र रुसले खतरापूर्ण, अव्यवस्थित र विभाजित विश्व निर्माण गर्दै: बेलायत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
putin-XiJinping.jpeg

काठमाडौं। युनाइटेड किंगड(यूके)ले चीनलाई विश्व व्यवस्थाको लागि 'युग-परिभाषित चुनौती'को प्रतिनिधित्व गरिरहेको मुलुकको संज्ञा दिएको छ। नयाँ अद्यावधिक गरिएको बेलायतको रणनीतिक विदेश र रक्षा नीतिको 'ब्लुप्रिन्ट'मा यूके र युरोपको सुरक्षालाई रूसको युक्रेनमा असफल युद्ध अभियोजनसँग जोडिएको छ।

एकीकृत समीक्षा (आईआर) नीति पत्रकाे नयाँ प्रकाशनमा बेलायतले चीन र रुसको गहिरो साझेदारी एवं इरानसँग मास्कोको बढ्दो सहयोगलाई चुनौतीका रूपमा हाइलाइट गरेको छ।

सोमबार सार्वजनिक गरिएको ६३ पृष्ठको प्रतिवेदनले बेइजिङ र मास्कोप्रति बेलायतको भाषा र स्थितिलाई कडा बनाएको छ भने, यी दुवै देश बेलायत, युरोप र नियममा आधारित विश्व व्यवस्थाको अस्तित्वको खतरा भएकोमा जोड दिएको छ।

सन् २०२१ को समीक्षाले पहिले नै रुसलाई 'ूबेलायतको सुरक्षाको लागि सबैभन्दा गम्भीर खतरा' भनेर पहिचान गरिसकेको छ। पछिल्लो समीक्षाले युके र युरोपको सामूहिक सुरक्षा अब युक्रेनमा मास्कोको युद्धको नतिजा र आक्रमणबाट यसले पाउने रणनीतिक लाभसँग सम्बन्धित रहने उल्लेख गरेको छ।

'युक्रेनमा रुसको अवैध आक्रमण, ऊर्जा र खाद्य आपूर्तिलाई हतियारीकरण गर्नु, आणविक हतियारबारे गैरजिम्मेवार बयान बाजीसँगै दक्षिण चीन सागर र ताइवान जलडमरूमा चीनको थप आक्रामक अडानले खतरापूर्ण, अव्यवस्थित र विभाजित विश्व सिर्जना गर्ने धम्की दिइरहेको छ,' बेलायतका प्रधानमन्त्री ऋषि सुनकले समीक्षाको प्रस्तावनामा लेखेका छन्।

सुनकले भनेका छन्, 'भूराजनीतिक परिवर्तनको गति एवं बेलायत र हाम्रा जनतामा यसको प्रभावको हद' पछिल्लो समीक्षा प्रकाशित भएको बेला २०२१ मै पनि अनुमान गर्न नसकिएको उक्त  समीक्षा कागजपत्रमा भनिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ