सीपीपीसीसीको बैठक सम्पन्न : दश विशेष समिति स्थापनाको निर्णय
सिन्ह्वा,
प्रकाशित २०७९ फागुन ३० मंगलबार
600
Shares
बेइजिङ । देशको शीर्ष राजनीतिक सल्लाहकार निकाय चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी)को १४औँ राष्ट्रिय समितिको पहिलो स्थायी समिति बैठक दश वटा विशेष समिति गठन गर्ने निर्णयका साथ समाप्त भएको छ ।
बैठकले सीपीपीसीसी राष्ट्रिय समितिअन्तर्गत अर्थ, कृषि, कानुन, जातीय, धार्मिक, सामाजिक तथा वैदेशिक मामिलालगायत धेरै क्षेत्र समेट्न ती समिति गठनको निर्णय गरेको हो ।
स्थायी समिति बैठकले विशेष समितिका सञ्चालक एवम् उपनिर्देशकको नामावली पनि अनुमोदन गरेको छ ।
बैठकको अध्यक्षता चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समतिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य तथा सीपीपीसीसी राष्ट्रिय समतिका अध्यक्ष वाङ हुनिङले गरेका थिए ।
अध्यक्ष वाङले विशेष सल्लाहकार निकायको रूपमा आफ्नो भूमिका अझ सशक्त हुने जानकारी दिँदै सीपीपीसीसी राष्ट्रिय समितिको स्थायी समितिका सदस्यहरूलाई राजनीतिक परामर्शका गतिविधिहरू सावधानीपूर्वक व्यवस्थापन गर्न आग्रह गरे।
स्थायी समितिको बैठक गत आइबारदेखि प्रारम्भ भएको थियो ।