सीले आज विश्वभरका राजनीतिक दलसँग उच्चस्तरीय बैठक गर्दै
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
869
Shares
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङले आज विश्वभरका राजनीतिक दलसँग उच्चस्तरीय बैठक गर्दैछन् ।
सीपीसी र विश्वभरका अन्य राजनीतिक दलहरूबीच बुधबार भिडियो लिङ्कमार्फत वार्ता हुने चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभागका प्रवक्ता हु झाओमिङले बताए।
सी चिनफिङले बेइजिङमा आयोजना हुने विश्व राजनीतिक दलहरूबीचको उच्चस्तरीय बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको उद्घाटन समारोहमा भाग लिने र मुख्यवक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको हुले बताए।
"आधुनिकीकरणतर्फको बाटो: राजनीतिक दलहरूको दायित्व" भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा विभिन्न देशका राजनीतिक दल र राजनीतिक सङ्गठनका नेताहरू भेला हुने पनि हुले बताएका छन् ।
सन् २०१७ मा चीनले बेइजिङमा यस किसिमको पहिलो संवादको आयोजना गरेको थियो।