arrow

जापानी प्रधानमन्त्री भारत आउँदै, रुस-युक्रेन युद्धको नतिजा निकालिने

मोदीलाई भ्रमणको निम्तो दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
fumio-kishida-japan-pm.jpg

काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदा भारत भ्रमणमा आउने भएका छन् । जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणमा मार्च २० मा आउँदै छन् । 

स्रोतका अनुसार रुस-युक्रेन युद्धको आर्थिक नतिजा र ऊर्जा र मल सुरक्षाका विषयमा दुई नेताबीच छलफल हुनेछ ।  भारत र जापानबीच व्यापार, लगानीलगायत विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धिका लागि पनि उनले पहल गर्नेछन् । 

हालै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजको भारत भ्रमण गरेका थिए ।  भारत, अष्ट्रेलिया र जापान  क्वाडका सदस्य राष्ट्रका सदस्य हुन् ।  

अल्बानेज र किशिदाको लगातारको भ्रमण यस क्षेत्रको भू-रणनीतिक परिप्रेक्ष्यमा भारतका लागि निकै महत्त्वपूर्ण  रहेको बताइएको छ । अष्ट्रेलिया र जापान भारत प्रशान्त क्षेत्रमा चिनियाँ वर्चस्व विरुद्ध खुलेर सक्रिय छन्।

दुवै देशले भारतसँगको नौसैनिक सहयोगलाई थप विस्तार गर्ने निर्णय गरेका छन् । यस पटक भारतको जापानसँगको छलफलमा खुला, उदार, कानूनको शासन समुद्री व्यापार मार्ग निर्माणलाई प्राथमिकतामा राखिने बताइएको छ।

भारतीय विदेश मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र किशिदाले जी २० शिखर सम्मेलनको भारतको अध्यक्षता र मेमा हुने जी७ शिखर सम्मेलनको जापानको अध्यक्षताका बारेमा पनि छलफल गर्नेछन्।

किशिदाले सम्मेलनका लागि आमन्त्रित देशका रूपमा मोदीलाई मे महिनामा जापान भ्रमणको औपचारिक निम्तो दिनेछन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ