arrow

निर्वाचन आयोगले कांग्रेससँग माग्यो लिखित जवाफ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
election-commission-hq-building-2022.jpg

काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले नेपाली कांग्रेससँग लिखित जवाफ मागेको छ । उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा कांग्रेसले बैठकमा उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन गर्ने निर्णय सार्वजनिक गरेपछि कार्यालयले जवाफ मागेको हो ।

कार्यालयमा सो सम्बन्धी उजुरी परेका कारण लिखित जवाफ मागिएको आयोगले जनाएको छ । आयोगले राप्रपासँग भने कुनै स्पष्टीकरण सोधेको छैन । राप्रपाले चुनावमा तटस्थ बस्ने निर्णय गरेको थियो । 

जबकि कांग्रेसले जारी गरेको विज्ञप्तिमा त्यो निर्णय उल्लेख छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ