arrow

नगरकोटमा सेनाको 'हाइयर कमाण्ड' तालिम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २ बिहिबार
nepal-army-logo.jpg.jpeg

काठमाडौं । नगरकोटस्थित नेपाली सैनिक वार कलेज हाइयर कमाण्ड तथा म्यानेजमेन्ट सुरु भएको छ ।

 बलाधिकृत रथी सरोज प्रताप राणाले शुभारम्भ गरेको उक्त तालिममा एक महिलासहित ३३ जना महासेनानीको सहभागिता छ । 

सेनाले सैनिक अधिकृतका लागि सञ्चालन गर्दै आएको यो सबैभन्दा उच्चस्तरको तालिम भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनामा माथिल्लो तहमा बढुवा हुन यस्ता तालिम अनिवार्य मानिन्छ ।

सो अवसरमा बलाधिकृत रथी राणाले यस्ता तालिमले जटिल परिस्थितिमा उचित एवं प्रभावकारी निर्णय लिन सक्ने क्षमताको विकास गर्ने बताए । उनले भने, “रणनीतिक तथा अपरेशनल तहका नेतृत्वकर्ता, योजनाकार, सल्लाहकार र भविष्यमुखी नेतृत्व उत्पादनमा यस तालिमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेेछ ।”

विसं २०७१ देखि सञ्चालन हुँदै आएको यो तालिम हालसम्म नौ महिलासहित दुई सय ७२ जना अधिकृतले पूरा गरिसकेको निर्देशनालयले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ