arrow

पेट्रोलियम पदार्थको मूल्य घटेर आयो भारतबाट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २ बिहिबार
petroleum.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर सूची पठाएको छ । हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य सूची नेपाल आयल निगमलाई पठाउने गरेको छ ।

 सोही सूचीको आधारमा नेपाल आयल निगमले मूल्य समायोजन गर्ने गरेको छ । आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । जसअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेर आएको छ । 

पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको रहेका बेला भारतमा घटेर आएको हो । खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।

आयल निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने वा यथावत राख्ने भन्ने निर्णय लिनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ