arrow

विश्वकप एक दिवसीय क्रिकेटको अबको बाटो र नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २ बिहिबार
icc-world-cup-2023-nepal.jpg

काठमाडौं । १३ औं संस्करणको एक दिवसीय विश्वकप क्रिकेट आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुँदैछ । भारतले पहिलो पटक एक्लै विश्वकप आयोजना गर्दैछ । यसअघि सन् १९८७, १९९६ र २०११ मा दक्षिण एसियाका टिमहरुसँग मिलेर विश्वकपको आयोजना गरेको थियो । 

खासगरी यो विश्वकप गत फेब्रुअरी ९ देखि २६ मार्चसम्म आयोजना हुनुपर्ने थियो । तर कोरोना भाइरसको महामारीका कारण छनोट चरण सर्न पुग्यो । जसले गर्दा अक्टोबर–नोभेम्बरमा सरेको हो । 

विश्वकपको फाइनल चरणमा १० टिमले सहभागीता जनाउँदैछन् । आयोजक राष्ट्र, सन् २०२० देखि २०२३ सम्म अर्थात् ३० जुलाई २०२० देखि ३१ मे २०२३ सम्म हुने आईसीसी क्रिकेट विश्वकप सुपर लिगबाट छानिएका सात टिम र आगामी १८ जुनबाट ९ जुलाईसम्म जिम्बावेमा हुने विश्वकप क्वालिफायरबाट छानिएका दुई टिम गरी १० टिमले खेल्नेछन् । 

सुपर लिगमा १३ टिम रहेका छन् । जसमा आयोजक भारत, साविक विजेता इङ्गल्याण्ड, न्यूजिल्याण्ड, बंगलादेश, पाकिस्तान, अष्ट्रेलिया र अफगानिस्तान छानिइसकेका छन् । अब एउटा टिम छानिन बाँकी छ । 

अहिलेसम्म वेष्ट इन्डिज आठौं, दक्षिण अफ्रिका नवौं, श्रीलंका दशौं, आयरल्याण्ड एघारौं, जिम्बावे १२ औं तथा नेदरल्याण्ड्स तेह्रौं स्थानमा रहेको छ । 

जिम्बावे र नेदरल्याण्ड्स पुछारमा रहेकाले उनीहरुले जिम्बावेमा हुने क्वालिफायर्स खेल्नेछन् । बाँकी तीन टिमको टुंगो लाग्न बाँकी छ । 

अर्थात् १३ टिमबाट पाँच टिमले क्वालिफायर्स खेल्नेछन् । क्वालिफायर्समा १० टिम हुनेछन् । जसमा तीन टिम आईसीसी क्रिकेट विश्वकप लिग २ बाट र बाँकी दुई टिम क्वालिफायर्स प्लेअफबाट आउँछन् । 

आईसीसी क्रिकेट विश्वकप लिग २ मा रहेका सात टिममध्ये शीर्ष तीन टिमले सिधै क्वालिफायर्स खेल्न पाउँछन् । त्यसका लागि स्कटल्याण्ड, ओमान र नेपाल छानिएका छन् । 

बाँकी चौथोदेखि सातौंसम्म रहेका नामिबिया, अमेरिका, यूएई र पपुवा न्युगिनीले क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ । क्वालिफायर्स प्लेअफमा यी चार टिमसँगै च्यालेन्ज लिगबाट छानिएका दुई टिम रहन्छन् । च्यालेन्ज लिगबाट जर्सी र क्यानडा छानिएका छन् । 

१२ टिमहरु जर्सी, क्यानडा, बर्मुडा, हङकङ, इटाली, केन्या, मलेसिया, युगान्डा, भानुआतु, कतार, डेनमार्क र सिंगापुरबीच भएको प्रतिस्पर्धाबाट शीर्ष दुई टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्न पाएका हुन् । 

क्वालिफायर प्लेअफका खेलहरु मार्च २४ देखि ५ अप्रिलसम्म नामिबियामा हुनेछन् । 

क्वालिफायरका खेलहरु १८ जुनदेखि ९ जुलाइसम्म हुनेछन् । १० टिममध्ये शीर्ष दुई टिममात्र विश्वकपमा पुग्नेछन् । 

१० टिमलाई दुई समूहमा विभाजन गरिन्छ । समूहका शीर्ष तीन टिम सुपर सिक्समा पुग्छन् । अनि सुपर सिक्सबाट भिडन्तपछि शीर्ष दुई टिमले भारतको टिकट काट्न पाउने छन् । 

अब नेपालको सम्भावना–
नेपाल अहिले विश्वकप छनोट (क्वालिफायर) मा पुगेको छ । नेपालले विश्वकप लिग २ का पछिल्ला १२ मध्ये ११ खेल जितेर विश्वकप क्वालिफायरमा छानिन सफल भएको हो । लिग २ मा तेस्रो स्थानमा रहेर नेपाल विश्वकप छनोटमा छानिएको हो । 

नेपालले विश्वकप लिग २ को अन्तिम खेलमा यूएईमाथि सनसनीपूर्ण ९ रनको जित हासिल गर्यो । ३११ रनको विशाल चुनौती लिएर मैदानमा उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएपछि खराव प्रकाशका कारण खेल रोकिनु पूर्व डक वर्थ लेविस नियमका आधारमा ९ रनको जित हासिल गरेको हो । 

सिधै विश्वकप छनोट खेल्न पाउनु नेपालको लागि ठूलो उपलब्धि हो । अब नेपालले सुपर लिग खेलेका पाँच टिमसँग भिडन्त गर्नुपर्नेछ । 

त्योसँगै विश्वकप लिग २ खेलेका स्कटल्याण्ड र ओमान तथा प्लेअफबाट छानिने दुई टिमसँग खेल्नुपर्नेछ । 

जसरी नेपालले जिम्बावेको यात्रा गर्न लगातार जित हासिल गर्यो अब त्यसरी नै नियमित अभ्यास गरेर नै अगाडि बढ्न सक्छ । विश्वकपमा निरन्तर खेलेका टिमसँग क्वालिफायर खेल्न पर्नु कम चुनौती भने पक्कै हैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ