काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा समर्थन गर्ने पार्टीको टुङ्गो लगाउन बस्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक स्थगित भएको छ । निर्वाचन आचारसंहिता लागू भएपछि बोलाइएको बैठकले निर्णय गर्न नमिल्ने भएपछि रास्वपाको बैठक बस्न नसकेको हो ।
पार्टीले आज ११:३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बैठक पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको थियो। उपराष्ट्रपतिको निर्वाचन अहिले १० बजेबाट हुदैछ ।
निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीकी ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् ।
रास्वपाले राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई मत हालेको थियो ।