arrow

उपराष्ट्रपतिको निर्वाचन [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३ शुक्रबार
vice-president-election-20791.jpg

काठमाडौं । उपराष्ट्रपति चयनका लागि मतदान जारी रहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान जारी रहेको हो । मतदानका लागि बिहान १० बजे शुरु भएको मतदान दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए । 

लाइनमा महिला र पुरुष सांसदको लाइन छुट्टाछुट्टै रहेको छ । सांसदहरुको उपस्थिति भने शुरुआतमा बाक्लो देखिएको छैन । 

निर्वाचनमा संघीय संसद् प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदले मतदान गर्नेछन् । संघीय संसद्का ३३२ मतदाता रहेका छन् । प्रदेश सभाका ५५० जना मतदाता रहेका छन् । 

मतदाताको अन्तिम नामावलीमा नाम समावेश भइसकेपछि जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको निधन भएको थियो ।

त्यस्तै एमाले, कांग्रेस र माओवादी केन्द्रका एक एक सांसद सहभागी हुने छैनन् । मतदानका लागि प्रदेश र संघीय सांसदहरूलाई छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको अधिकृत पौडेलले बताए । 

उपराष्ट्रपति निर्वाचनमा एक संघीय सांसदको मतभार ७९ र एक प्रदेश सांसदको मतभार ४८ गणना हुन्छ ।

उपराष्ट्रपति निर्वाचनको मत परिणाम साँझसम्म सार्वजनिक भइसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपतिका लागि चार उम्मेदवार रहेका छन् । एमालेबाट अष्टलक्ष्मी शाक्य बोहरा, जनमत पार्टीबाट ममता झा तथा जसपाबाट रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादवले उम्मेदवारी दिएका हुन् । 

प्रमिलाले रामसहायलाई समर्थन गर्दै उमेदवारी निष्क्रिय भएको बताए पनि निर्धारित अवधिभित्र उनले उम्मेदवारी फिर्ता नलिएकाले मतपत्रमा उनको नाम र तस्बिर भने रहेको छ । 

हालका उपराष्ट्रपति नन्दबहादुर पुन भने आफ्नो निजी निवासमा सरिसकेका छन् । 

यसअघि गत फागुन २५ गते राष्ट्रपतिको निर्वाचन भएको थियो । रामचन्द्र पौडेल राष्ट्रपति बनिसकेका छन् । 

राप्रपाले मतदान बहिस्कार गरेको छ भने रास्वपाले निर्णय गरेको छैन । सत्ताधारी दलहरुबीच नै दुई जना उम्मेदवार हुँदा नतिजा यसै भन्न सक्ने अवस्था रहेको छैन । 

उम्मेदवारले २६ हजार बढी मत नपाए दोस्रो चरणमा मतदान हुनेछ ।

IMG-0563.JPG
IMG-0581.JPG
4H0A7043.JPG
4H0A7064.JPG
4H0A7153.JPG
4H0A7131.JPG
4H0A7121.JPG
4H0A7110.JPG
4H0A7087.jpg
4H0A7168.jpg
4H0A7176.JPG
-MG-5580.JPG
-MG-5605.JPG
-MG-5610.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ