arrow

उपराष्ट्रपति यादवलाई बधाई, यस्तो छ प्रतिबद्धता [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३ शुक्रबार
ramsahaya-prasad-yadav-election-commission.jpg

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुद र प्रवद्र्धन गर्न इमान्दारीपूर्वक आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उपराष्ट्रपतिमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भने, “मुलुक समृद्धरुपमा अगाडि बढोस्, शान्तिप्रक्रिया निष्कर्षमा पुग्न बाँकी छ । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि पनि मेरोतर्फबाट हुने प्रयास मैले इमान्दारीपूर्वक गर्नेछु ।”

यादव जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार थिए । उनले सङ्घीय संसद्तर्फ एक सय ८४ र प्रदेशतर्फ तीन सय २९ मत (कूल ३० हजार तीन सय २८ मतभार) प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य बोहराले सङ्घतर्फ एक सय चार र प्रदेशतर्फ एक सय ६९ (कूल १६ हजार ३२८ मतभार) प्राप्त गरे ।  

नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालले निर्वाचित भएको प्रमाणपत्र दिए । नवनिर्वाचित उपराष्ट्रपतिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायतले बधाई दिएका छन् । 

“नेपालको उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा सम्माननीय रामसहायप्रसाद यादवलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु”, प्रधानमन्त्री दाहालले भनेका छन् । 

4H0A7356.JPG
4H0A7363.JPG
4H0A7377.JPG
4H0A7389.JPG
4H0A7400.JPG
4H0A7418.JPG
4H0A7424.JPG
4H0A7467.JPG
4H0A7490.JPG
CKK_2420-KTM.jpg
KB-KTM.jpg
PRO-KTM2.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ