arrow

पोखराका २० वर्षे युवाले बनाए साइनबोर्ड बनाउने मेसिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ४ शनिबार
macine.jpg

पोखरा । पोखराका २० वर्षीय युवक अभिनाश अधिकारीले नेपालमै पहिलो पटक साइनबोर्ड बनाउने मेसिन बनाएका छन् । करिब एक महिना लगाएर निर्माण भएको मेसिनबाट काठमा थ्रीडी टुडी शिलालेख, थ्रीडी टुडी साइनबोर्ड र मायाको चिनो बनाउन सकिने बताइन्छ । 

सिएनसी प्रविधिद्वारा निर्मित उक्त मेसिनलाई गुराँस आर्टसले निर्माण गरेको हो । मायाको चिनो खरिदमा मात्रै नेपालबाट करोडौं रुपैयाँ बाहिर जाने गरेकोमा यसलाई रोक्न स्थानीय स्रोत साधनलाई प्रयोग गरेर मेसिन निर्माण गरेको अधिकारीले बताए । आफूले पढेको विषयलाई व्यवहारमा उतार्ने प्रयास गरेको उनको भनाइ छ । 

अधिकारी पोखरा विश्वविद्यालयमा सिभिल इन्जिनियरिङमा अध्ययनरत छन् । विद्यालय पढ्दादेखि नै इन्जिनियरिङमा आफ्नो रुची भएकाले पनि केही नयाँ गर्ने सोच आउएको उनी बताउछन् ।

मेसिन निर्माण कार्यलाई निरन्तरता दिने उनको लक्ष्य छ । एउटा मेसिन निर्माण गरेर मात्र नबस्ने भन्दै उनले बजारीकरणमा सबैले साथ पाएमा अन्य मेसिनहरु पनि निर्माण गर्दै जाने स्पष्ट पारे । 

मेसिन शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अधिकारीको प्रतिभा निकै प्रशंनीय भएको भन्दै  मेसिनको बजारीकरणमा सघाउने प्रतिवद्धता जनाए । उनले पोखरा सभागृहमा बिजनेस प्रोमोसन सेन्टरको स्थापना गरेको र नयाँ व्यावसायीलाई प्रोत्साहन गर्दै आएको बताए । 

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले अधिकारी जस्ता प्रतिभाहरुलाई पोखराले संरक्षण गर्नुपर्नेमा जोड दिए । प्रतिभाको कदर र संरक्षण नहुँदा जनशक्ति विदेश पलायन हुनुपर्ने बाध्यतालाई समाधान गर्न सरकारी निकायदेखि निजी क्षेत्रसमेत लाग्नुपर्ने उनको भनाइ छ । 

जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक देवी बास्तोकोटीले विद्यार्थीहरु पढ्ने मात्र नभई उद्यमशील नै हुनुपर्ने बताइन् । अब सैद्धान्तिक तहको अध्ययनसँगै सीप विकासको गतिविधिलाईसमेत अगाडि बढाउनुपर्नेमा उनको जोड छ । 

गुराँस आर्टका निर्देशक तथा अभिनाशका बुबा शिवबहादुर अधिकारीले आफूले १८ वर्ष पहिले भारतबाट मेसिन मगाएर काम थालेको र अहिले छोराले मेसिन बनाएर सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ