arrow

भिरबाट लडेर युवकको ज्यान गयो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
death photo.jpg

सोलुखुम्बु । भिरबाट लडेर सोलुखुम्बुको माप्यदूधकोसी गाउँपालिका वडा नं.३ खास्तापका ३५ वर्षीय अमृत राईको मृत्यु भएको छ । 

शुक्रबार कसैलाई जानकारी नगराई घरबाट निस्किएका राईको शव शनिबार खास्तापकै चेम्सी खोलामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर साहका अनुसार दयाखोप भिरबाट लडेका राईको शव करिब एक सय ५० मिटर तल चेम्सी खोलामा स्थानीयले फेला पारेका थिए ।

मृतक मानसिकरूपमा अस्वस्थ रहेको पारिवारिक स्रोतको दाबी छ । कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ