arrow

आफैँ गाडी चलाएर क्रिमिया पुगे पुटिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
putin-drive.jpg

मस्को । शनिबार आफैँ गाडी चलाएर रूसी राष्ट्रपति भ्लादिमिर पुटिन क्रिमिया पुगेका छन् ।  पुटिन कुनै पूर्वघोषित कार्यक्रम विना नै अकस्मात् आफैँ गाडी चलाएरै क्रिमिया पुगेका थिए। 

पुटिनले युक्रेनबाट क्रिमियाली टापूलाई एकीकरण गरेको नवौँ वर्षगाँठको अवसरमा शनिबार क्रिमिया पुगेका हुन् । 

‘ब्ल्याक सी’को बन्दरगाह शहर सेवस्तोपोलको आकस्मिक भ्रमणका क्रममा पुटिनले स्थानीय गभर्नर मिखाइल रज्वोझायेभको साथमा क्रिमियाली कला विद्यालयको अवलोकन गरेका थिए ।

“हाम्रा राष्ट्रपति भ्लादिमिर पुटिनलाई आश्चर्यचकित पार्ने तरिका थाहा छ । राम्रो तरिकाले,” रज्भोजायेवले रूसी सामाजिक सञ्जाल टेलिग्राममार्फत् भने ।

पुटिनले भिडियो लिङ्कमार्फत बाल कला विद्यालयको उद्घाटनमा भाग लिएको उनले बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ