arrow

प्रधानमन्त्रीको विश्वासको मतलाई लिएर रास्वपा बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
rsp-rastriya-swatantra-party-meeting-.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ । बसुन्धारास्थित पार्टी कार्यालयमा पार्टीले आज ११ बजे बैठक बोलाएको छ । 

बैठकमा सरकारलाई विश्वासको मत दिने /नदिने बारेमा छलफल गर्ने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिने तयारी गरेसँगै रास्वपाले छलफल गर्न बैठक बोलाएको हो । 

यसअघि एमालेसँगको गठबन्धन सरकारको नेतृत्व गर्दा पुस २६ मा विश्वासको मत लिएका थिए । सो समय प्रधानमन्त्रीलाई रास्वपाले विश्वासको मत दिएको थियो । 

 रास्वपा सरकारबाट हटे पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। रास्वपाबाट प्रतिनिधि सभामा १९ सांसद छन्। २० सांसद रहेको रास्वपा रवि लामिछाने नागरिकता प्रकरणपछि १९ मा सीमित भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ