arrow

जापानका प्रधानमन्त्री भारतमा, मोदीलाई भेट्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
fumio-kishida-japan-pm.jpg

काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदा नयाँ दिल्ली आइपुगेका छन् । 

जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्ली आइपुगेका हुन् ।

 किशिदाले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । आज दुवै नेताबीच भारतीय समयअनुसार ११ बजे भेट हुँदै छ ।

दुई नेताबीच इन्डो-प्यासिफिक क्षेत्र र चीनको बढ्दो सैन्य गतिविधिबारे छलफल हुनेछ ।

मोदी र किशिदाले जी २० शिखर सम्मेलनको भारतको अध्यक्षता र मेमा हुने जी७ शिखर सम्मेलनको जापानको अध्यक्षताका बारेमा पनि छलफल गर्नेछन्।

रुस-युक्रेन युद्धको आर्थिक नतिजा र ऊर्जा र मल सुरक्षाका विषयमा दुई नेताबीच छलफल हुनेछ । भारत र जापानबीच व्यापार, लगानीलगायत विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धिका लागि पनि उनले पहल गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ