arrow

उर्लिएको सुनको भाउ शान्त हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
gold-silver-final.jpg

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ । अघिल्लो दिन नयाँ रेकर्ड कायम गरेको सुनको भाउ सोमबार घटेको हो ।  

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन अहिले सम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । सो दिन सुन तोलाको १ लाख १० हजार रुपैया कायम भएको थियो । 

यसैगरी सोमबार तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यसैगरी तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । 

यता सोमबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १३ सय ३० सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ १३ सय ४५ रुपैयाँ कायम रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ