arrow

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
kumari-bank-limited-logo.jpg

काठमाडौं । कुमारी बैंकले ३८ हजार ६ सय ५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले २ जना संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । 

उक्त शेयरधनीहरू तर्कबहादुर बुढाथोकीको ५ हजार २ सय ६४ र पेगी पाण्डेको नाममा रहेको ३३ हजार ३ सय ८६ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आजबाट ३५ दिनभित्र आवेदन दिनुपर्ने हुन्छ । 
 
उक्त शेयर भाउ बिक्रेताले तोकेको बमोजिम हुनेछ । बैंकका अनुसार समयमा शेयरधनीले उक्त शेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने छ । 

बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ