arrow

संसदलाई गरिमामय बनाउन डोलप्रसाद अर्यालको अनुरोध 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
dolprasad-aryal-2079-12-06.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सदनका सबै क्रियाकलापमा आफूहरुले सचेतताका साथ अपनाउनु पर्ने बताएका छन् । 

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय सुनाउँदै सम्बोधनका क्रममा उनले संसदलाई गरिमामय बनाउन सबै सांसदहरुलाई आग्रह गरेका छन् । 

कसैले भाषण गरिरहने कसैले भने कि त गफ गरेर बस्ने कि त मोबाइल चलाएर बस्ने गतिविधि भइरहेको भन्दै संसदलाई आम जनताले जनचासोका साथ हेर्ने र सुन्ने वातावरण बनाउन पनि आग्रह गरेका छन् । 

आफूहरुलाई जनमत पर्याप्त भएको भन्दै अर्यालले भने, ‘हामीलाई चाहिएको काम गर्ने अवसर मात्र हो जुन जनताले हामीलाई दिइसकेका छन् ।’ 

अर्यालले प्रचण्डलाई पहिले आज दोस्रो पटक प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदै गर्दा उनले शुरुआतमै आफूले यति छिटो विश्वासको मत लिनु पर्ला भनेर नसोचेको बताए । 

उनले पुस २६ गते विश्वासको मत लिएका थिए । दुई महिनामै विश्वासको मत लिनुपर्ला भनेर नसोचेको भनेका उनले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने एमाले र राप्रपाले सरकार असफल भएर वा गलत बाटोमा हिँडेर विश्वासको मत फिर्ता भने नलिएको भन्दै सन्तोष व्यक्त गरे । 

उनले मन्त्रिपरिषदमा पनि कुनै खरावी नभएको भन्दै फेरि विश्वासको मत लिन पर्नु दुःखद भएको बताए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ