arrow

शिवाकोटी र भण्डारीबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ७ मंगलबार
ajayababu-shiwakoti-harry-bhandari-usa.jpg

वासिङटन डीसी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली मुलका अमेरिकाको मेरिल्याण्ड राज्यसभाका सदस्य ह्यारि भण्डारीसँग छलफल गरेका छन् । अमेरिकामा भइरहेको इन्टरनेसनल भिजिटर्स लिडरशिप प्रोग्राम (आईभीएलपी) कार्यक्रममा सहभागी हुन अमेरिकामा रहेका शिवाकोटीले दोस्रो पटक राज्यसभा बन्न सफल भण्डारीसँग अमेरिका र नेपालको राजनीतिका बारेमा छलफल गरेका हुन् ।  

अमेरिकी सरकारको सौजन्यमा आयोजनामा भइरहेको उक्त कार्यक्रममा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्र्दै शिवाकोटी अमेरिका आएका हुन् । तीन हप्ते कार्यक्रम चार वटा राज्यमा गरिने शिवाकोटीले जनाएका छन् । 

उनीसँग उनको समूहमा २१ देशका प्रतिनिधिहरु रहेका छन् । अमेरिकाका चार राज्यमा हुने सो कार्यक्रम वासिङटन डीसीबाट शुरु भएको हो त्यसपछि उनको समूहको यात्रा आयोबा, क्यालिफोर्निया एरिजोनामा पुगेर टुङ्गिने छ । 

आईभीएलपी कार्यक्रम अन्तर्गत शिवाकोटी सहभागी कार्यक्रम ‘ट्रान्सपरेन्सी एन्ड एकाउन्टिबिलिटी इन गभरमेन्ट’ हो । राजनीतिक, सामाजिक तथा अन्य क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरु यो कार्यक्रममा सहभागी हुन पाउँछन् । 

शिवाकोटी सबैभन्दा बढी नेपाली भएको न्यूयोर्कमासमेत राजनीतिक भेटघाट सकेर अप्रिल तेस्रो साता नेपाल फर्कने छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ