arrow

आज नीमको पात खाने दिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ८ बुधबार
neem.jpg

पाेखरा । आज नीमको पात खाने दिन । नीमलाई तीतो अमृतका रूपमा चिनिन्छ । नयाँ वर्ष सुरु हुन अगावै विगतका वर्षको तितोपनालाई चपाएर आउँदो वर्षको मिठासको पर्खाई लाई नीमको पात खाने चलनले बिम्बका रूपमा बुझाउँछ । अर्कोतर्फ नैरोग्यताको प्रतिकका रूपमा नीम खाने चलन पनि चल्दै आएको छ ।

नीम प्राचिनकालदेखि नै एउटा आयुर्वेदिक औषधिका रूपमा प्रयोग हुँदै आइरहेको छ । यो स्वास्थ्य कोलागि धेरै किसिमले फाइदाजनक छ । नीम, हाम्रो शरीर, छाला तथा कपालका लागि अत्यन्तै फाइदाजनक औषधि हो । 

नीममा भएको एन्टी इन्फ्लेमेट्री तत्वले चाया, डण्डीफोर आदिलाई नियन्त्रण गर्नुका साथै यसको नियमित प्रयोगले भविष्यमासमेत यसबाट पर राख्दछ नीमको जुसले अनुहार तथा शरीरको छालाको रङ्ग निखार्नमा विशेष भूमिका खेल्दछ ।

नीमको पातहरूको रस र सुद्ध महलाई दुई भाग नीमको रस र एक भाग मह अनुपातमा मिलाएर पिउनाले असाध्यै फाइदा गर्दछ । यसरी नीमको पात चपाउने र तेल लगाउने गर्दा हाम्रो शरीरको भित्री र बाहिरी दुवै तर्फ स्वास्थ्यकर हुने जनविश्वास र प्रमाणित मान्यता छ ।

पौराणिक कालदेखि नै नीमको रुख, यसको फाइदा अनि यस्का बहु प्रयोगका अनेक किस्सा र आयुर्वेदीय दृष्टान्तहरू पाइन्छ । नीमको पात खानाले पेटका रोगहरू हरण हुने र तेल लगाउनाले शरीर थप मजबुत हुने र मुलायम हुने विश्वास छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ