- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । शेयर बजारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दोस्रो पटकको विश्वासको मतलाई स्वागत गरेन । प्रचण्डले ६ गते विश्वासको मत लिए । मंगलबार घोडेजात्राको बिदा । बुधबार शेयर ओरालो लागेको छ । बुधबार नेप्से सूचक १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा आएर रोकिएको छ ।
२६६ कम्पनीका ३७ लाख ७७ हजार ४०० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँको कारोबार भएको छ । बुधबार सेन्सेटिभ इण्डेक्स २.३२ अंक घटेको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ ।