arrow

क्रिकेटर केसी र भण्डारीलाई गृह जिल्लामा सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
nepal-cricket-win-2079-11-25.jpeg

बागलुङ ।  क्रिकेटर करण केसी र सुवास भण्डारीलाई गृह जिल्ला बागलुङमा नगदसहित सम्मान गरिएको छ । जिल्लाको बागलुङ नगरपालिकाले राष्ट्रिय टोलीका सदस्य करण र यू-१९ टोलीका सदस्य सुवासलाई सम्मान गरेको हो ।

नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने करणलाई रु एक लाख र यू-१९ विश्वकप छनोटमा नेपाललाई विश्वकपसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने सुवासलाई रु ५० हजार नगदसहित सम्मान गरिएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए ।  

करण बागलुङ नगरपालिका-८ सिगानाका हुन् भने सुवास काठेखोला गाउँपालिका-१ पालाका हुन् । बागलुङमा जन्मेर नेपालको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रियस्तरमा खेलमार्फत देशको नाम राख्न सफल भएकाले खेलाडीलाई सम्मान गरिएको खड्काले बताए । 

उनले राष्ट्रिय खेलाडीको प्रोत्साहन र अन्य खेलाडीलाई पनि हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको बताए । करण नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीका फास्ट बलर तथा अलराउण्डर हुन् भने सुवास यू-१९ क्रिकेट टोलीका स्पिनर हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ