arrow

नोर्ड स्ट्रीम विस्फोट : रूसलाई चीनको समर्थन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
baltic-sea-nord-stream-pipeline.jpg

चीन ।  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नर्ड स्ट्रिम पाइपलाइनको विषयमा रूसले तयार गरेको संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् (युएनएससी) को मस्यौदा प्रस्तावलाई चीनले समर्थन गरेको बताएका छन् । 

गत फेब्रुअरीमा सुरक्षा परिषद्मा ग्यास पाइपलाइन प्रकरणमा अन्तर्राष्ट्रिय स्वतन्त्र छानबिन आयोग गठन गर्न माग गर्दै रूसले तयार पारेको प्रस्तावको मस्यौदाबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा वाङले उक्त टिप्पणी गरेका हुन् । 

रूसले मस्यौदामाथि मौन प्रक्रिया सुरु गरेको भनिएको छ, तर संयुक्त राज्य अमेरिका र यूएनएससीका केही अन्य पश्चिमी सदस्यराष्ट्रहरूले मौनता तोडेर त्यस्तो आयोगप्रति आपत्ति जनाएका थिए ।

नोर्ड स्ट्रिम पाइपलाइन विस्फोटको महत्वपूर्ण प्रभावलाई उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायका अधिकांश सदस्यहरूले सत्य पत्ता लगाउन आग्रह गरेको वाङले बताए । 

“रूसले प्रस्ताव गरेको प्रस्तावको मस्यौदा संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय अनुसन्धानलाई बढावा दिनका लागि हो,” वाङले भने ।

“चीन यस विचारसँग सहमत छ र मस्यौदालाई समर्थन गर्दछ,”उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ