arrow

मेघ गर्जनसहित वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
climate.jpg

काठमाडौं ।  हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू-भागमा आंशिक बदली छ ।

देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र देशका बाँकी भू-भागका केही स्थानमा मेघ गर्जन-चट्याङसहित क्षणिक-हल्का वर्षाको सम्भावना रहेको छ ।
    
रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा  उल्लेख छ । भालि शुक्रबार पनि लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भेगमा आंशिक बदली रहनुका साथै लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन-चट्याङसहित क्षणिक-हल्का वर्षाको सम्भावना छ ।
    
आज काठमाडौँमा मौसम सफा रहेको छ । बिहानैदेखि पारिलो घाम लागे पनि अपराह्नतिर हल्का वर्षाको सम्भावना छ । आज काठमाडौँको न्यूनतम तापक्रम ११ र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ