arrow

विमानमा मदिरा पिएपछि... 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
indigo-866x487.jpg

काठमाडौं । दुबईबाट मुम्बई आउँदै गरेको विमानमा मदिरा पिउने दुई जना पक्राउ परेका छन् ।  दुबईबाट इन्डिगोको फ्लाइटमा भारत फर्किएका दुई जनाले मादक पदार्थ सेवन गरि बाँकी यात्रुसँग पनि दुर्व्यवहार गरेका थिए ।

एयरलाइन्सका कर्मचारीको उजुरीको आधारमा प्रहरीले दुवै आरोपित विरुद्ध मुद्दा दर्ता गरेको छ । दुबईबाट उडान भर्ने बित्तिकै ड्युटी फ्री पसलबाट किनेको बोतल खोलेर दुवै अभियुक्तले मदिरा पिउन थालेका थिए । 

आरोपीको छेउमा बसेका यात्रुले आपत्ति गरेपछि दुवै जना रिसाए र गाली गर्न थाले । उनीहरूलाई चेतावनी दिए पनि पिउन जारी राखेको बताएको छ।

यसैबीच केबिन चालक दलका सदस्यले बोतल लिएर गएपछि दुवैले उनलाई गाली गरेका थिए । त्यसपछि चालक दलका सदस्यले क्याप्टेनलाई खबर गरे र विमान मुम्बईमा अवतरण गर्ने बित्तिकै दुवैलाई पक्राउ गरियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ