arrow

दैनिक वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
climate.jpg

काठमाडौं । आज देशका विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज कोशी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन -चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार दुई-तीन दिनअघि देखिएको पश्चिमी वायुको प्रभाव बिहीबारदेखि हट्दै गएर स्थानीय वायु सक्रिय भएको छ । शुक्रबार रातिदेखि फेरि पश्चिमी वायुको प्रभाव देखिने र पश्चिमी नेपालमा वर्षा हुने भएको छ । 

आज राति कर्णाली तथा सुदूरपश्चिम प्रदेश र पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ