arrow

पाकिस्तानलाई पहिलो पटक हरायो अफगानिस्तानले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ११ शनिबार
afghanistan-pakistan-cricket.jpg

काठमाडौं । टी–२० क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई पहिलो पटक हराएको छ । पाकिस्तान विरुद्धको पहिलो टी–२० क्रिकेटमा अफगानिस्तानले ६ विकेटले जितेको हो । 

शारजाहमा शुक्रबार राति भएको खेलमा अफगानिस्तानले पाकिस्तानविरुद्ध कुनै पनि शैलीको खेलमा पहिलो पटक जित निकालेको हो ।

पाकिस्तानले दिएको ९३ रनको झिनो विजयी लक्ष्य अफगानिस्तानले १७ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

मोहम्मद नाबी ३८ बलमा अविजित ३८ रनमा  बनाए । नजिबउल्लाह जद्रान २३ बलमा १७ रनमा अविजित रहे । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाउँदै ९२ रनमात्रै बनायो । 

इमाद वासिमले ३२ बलमा सर्वाधिक १८ रन बनाउँदा चार खेलाडीले मात्र दोहोरो स्कोर खडा गर्न सके । 

अफगानिस्तानका फजलहक फारुकी, मुजिब उर रहमान र मोहम्मद नाबीले समान २–२ तथा  कप्तान राशिद खान, नविन उल हक र अजमतुल्लाह ओमरजाईले समान १–१ विकेट लिए ।

नाबी प्लेयर अफ द म्याच भए । 

पाकिस्तानले बाबर आजम, मोहम्मद रिजवान, इफ्तिखर अहमद, फखार जमान शाहिन शाह अफ्रिदी, हरिस रौफ लगयात खेलाडीलाई यस सिरिजमा विश्राम दिएको छ । नयाँ खेलाडीलाई मौका दिएको थियो ।

दोस्रो टी–२० शनिबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ