arrow

बाइडेन दाबी गर्दै भन्छन् –चीनले रुसलाई हतियार आपूर्ति गरेको छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ११ शनिबार
joe-biden-new.jpg
तस्बिर – फाइल ।

ओटावा । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन् । विगत तीन महिनादेखि आफूले रुसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुने पनि अहिलेसम्म बेइजिङले त्यसो नगरेको उनले बताए ।

“चीनले अहिलेसम्म रुसलाई हतियार उपलव्ध गराएको छैन भन्नेमा म विश्वस्त छु,” क्यानडा भ्रमणमा रहेका अमेरिकी राष्ट्रपतिले यहाँ भएको पत्रकार सम्मेलनमा भने । साथै उनले चीन र रुसबीचको सम्बन्धलाई सामान्य रुपमा नलिएको बताउँदै पछिल्लो समय सार्वजनिक भएका समाचारमा बढाइचढाइ भएको बताए । 

राष्ट्रपति बाइडेनले प्रजातन्त्रवादी पश्चिमा मुलुकबीचको सुदृढ सम्बन्धमा जोड दिँदै पारस्परिक एकता र सहयोग अपरिहार्य भएको बताए । उनले प्रशान्त क्षेत्रमा विद्यमान अमेरिकी गठबन्धन ‘क्वाड’ र अष्ट्रेलिया, भारत, जापान, अष्ट्रेलिया र बेलायत सम्मिलित औकुस ९एयुकेयुस० महत्वपूर्ण सुरक्षा साझेदार हुन् भने । 

यसैसाता चिनियाँ राष्ट्रपति सी चिनफिङबाट भएको रुस भ्रमण मस्को र बेइजिङबीचको विशेष प्रकृतिको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास  हो भन्दै राष्ट्रपति बाइडेनले युक्रेनलाई परास्त गर्न चीनले मस्कोलाई हातहतियार आपूर्ति गर्ने प्रतिबद्धता नजनाएको बताए । 

चीनले रुसलाई हतियार दिने घोषणा गरेको भए अमेरिकासहित पश्चिमा मुलुकले बेइजिङमाथि कडा प्रतिबन्ध लगाउने परिस्थिति सृजना गथ्र्यो । युरोपमा नै अपर्याप्त भएको रुसी इन्धन चीनले खरिद गर्ने प्रतिबद्धता पनि व्यावहारिक एवम् दीर्घकालीन नभएको अमेरिकी राष्ट्रपतिको विश्लेषण थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ