arrow

मेघगर्जनसहित वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार
climate.jpg

काठमाडौं ।  हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ । 

जसका कारण हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

 गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन -चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ