- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। सेतो मत्स्येन्द्रनाथको रथयात्राका लागि जमलमा रथ बनाउने कार्य शुरु भएको छ ।
वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्राका लागि रथ बनाउन शुरु भएको हो ।
करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने चलन छ ।
अन्तिम दिन लगनटोलस्थित मत्स्येन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।