arrow

डब्ल्यूपीएल क्रिकेटको उपाधि मुम्बई इन्डियन्सलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
wpl-champion-mumbai.jpg

काठमाडौं । पहिलो विमेन्स प्रिमियर लिग (डब्ल्यूपीएल) टी–२० क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गर्दै मुम्बई पहिलो संस्करणको च्याम्पियन बनेको हो । 

ब्राबोर्नमा भएको फाइनलमा दिल्लीले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १३१ रन बनायो । कप्तान मेग लानिङले सर्वाधिक ३५ रन बनाइन् । इस्सी वोङ र हेली म्याथ्युजले समान ३–३ विकेट लिए । 

जवाफमा मुम्बईले ३ बल खेल्न बाँकी छँदै ३ विकेटको क्षतिमा पूरा गरेको हो । नाट सिभर–ब्रुन्टले ५५ बलमा अविजित रहँदै ६० तथा कप्तान हरमनप्रित कौरले ३७ रन बनाइन् । 

पाँच टिम सहभागी भएको प्रतियोगितामा दिल्ली र मुम्बईले उपाधिका लागि फाइनल खेलेका थिए ।

हेली म्याथ्युज प्लेयर अफ द सिरिज भइन् । उनले २७१ रन बनाइन् भने १६ विकेट लिइन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ