arrow

मलेसियाका प्रधानमन्त्री चीनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
malaysia-china.jpg

मलेसिया ।  मलेसियाका प्रधानमन्त्री ली सिएन लुङ आफ्नी पत्नी र ५० सदस्यीय प्रतिनिधिमण्डलको साथ चीन भ्रमणका क्रममा सोमबार ग्वाङ्झाउ पुगेका छन् । 

उनी श्रीमती म्याडम हो चिङ र करिब ५० सिङ्गापुर अधिकारी सम्मिलित प्रतिनिधिमण्डलको साथमा दिउँसो करिब १२ बजे गुआन्झाउ बाईयुन अन्तरराष्ट्रिय विमानस्थ अवतरण गरेका हुन् । 

मलेसियाका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डललाई ग्वाङ्डोङका उप-गभर्नर झाङ जिन, सिङ्गापुरका लागि चिनियाँ राजदूत सुन हाइयान, ग्वाङ्डोङ विदेश मामिला कार्यालयका महानिर्देशक लिउ चेन्जी र ग्वाङ्झाउका उपमेयर तान पिङले स्वागत गरेका थिए ।

लीले राष्ट्रपति सी चिनफिङ र नवनियुक्त प्रधानमन्त्री ली छ्याङलाई भेट्ने कार्यक्रम छ ।  प्रधानमन्त्री लीले नेशनल पिपुल्स कङ्ग्रेसका अध्यक्ष झाओ लेजी, चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हुनिङ र बेइजिङ पार्टीका सचिव यिन लीसँग पनि भेट गर्नेछन् ।

उनीसँगै भ्रमणमा परराष्ट्रमन्त्री भिभियन बालकृष्णन, व्यापार तथा उद्योगमन्त्री गान किम योङ, स्वास्थ्यमन्त्री ओङ ये कुङ, परराष्ट्र तथा राष्ट्रिय विकास राज्यमन्त्री सिम एन र स्वास्थ्य तथा कानुनका वरिष्ठ संसदीय सचिव राहु महजाम सहभागी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ