- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सुनसरी पुगेका छन् । सोमबार पूर्वराजाले गङ्गा आरती गरेका छन् । पछिल्लो समय पूर्व राजाले सक्रियता बढाएका छन् । हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि उनले राप्रपा तथा अन्य गतिविधिहरू चलाउँदै आएका छन् ।
सोही अनुरूप आइतबार सुनसरीको इटहरीस्थित बुढी खोलामा पूर्वराजाले शिव गङ्गा आरती गरेका हुन् । हजारौँ नागरिकहरूको सहभागितामा आरती सम्पन्न भएको छ ।
राप्रपामा राजेन्द्र लिङ्देनलाई अध्यक्ष जिताएपछि पूर्वराजा काठमाडौँपछि सबैभन्दा बढी समय पूर्वका जिल्लामा बिताउने गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका नजिकका मानिएका दुर्गा प्रसाईँले पनि पूर्व राजालाई समर्थन गरेका छन् । उनले राजालाई खुशी पार्न मेची-महाकाली अभियानै संचालन गरेका छन् ।
उता पूर्व राजाको सहभागितामा चैत २० गते इनरुवामा सार्वजनिक कार्यक्रम गर्न खोजेका छन् । पूर्व राजालाई सहभागी गराउने गरी गराउन खोजिएको सो कार्यक्रमलाई जिल्ला प्रशासनले अनुमति पनि दिएको छ । २० गते पूर्वराजा शाहलाई नागरिकका तर्फबाट अभिनन्दन गर्ने कार्यक्रम रहेको छ।