arrow

बेलायती नरेश पहिलो विदेश भ्रमणमा, जर्मनीको यात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
charles-111.jpg

लडन । बेलायतका राजा चाल्र्स तृतीय जर्मनीको तीन दिने भ्रमणमा बुधबार बर्लिनर्फ प्रस्थान गर्दै छन् । देशको राजसिंहासन सम्हालेपछि हुन लागेको यो उनको पहिलो विदेश भ्रमण हो । 

भ्रमणमा उनका साथ रानी क्यामिला पनि रहने छिन् । यसअघि बेलायतका नरेशले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको थियो तर फ्रान्स सरकारले अघि सारेको निवृत्तिभरणसम्बन्धी विधेयकको राष्ट्रव्यापी विरोधप्रदर्शनका कारण उनको भ्रमण स्थगित भएको थियो । 

नजिकका छिमेकी मुलुकको भ्रमण गर्ने राजाको निर्णयअनुसार चाल्र्स जर्मनीतर्फ प्रस्थान गर्न लागेका हुन् । जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरले बेलायतका राजाको भ्रमणलाई दुई देश र जनताबीचको घनिष्ठ एवम् हार्दिक मैत्रीको प्रतीक भनेका छन् । 

राजा चाल्र्सले बिहीबार जर्मनीको सङ्घीय संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै उनले हालै युक्रेनबाट आएका शरणार्थीलाई पनि भेट्ने कार्यक्रम रहेको जनाइएको छ । 

उत्तरी बन्दरगाह शहर ह्याम्बर्गमा नवीकरणीय ऊर्जा परियोजनाको अवलोकन गरेर राजदम्पति शुक्रबार स्वदेश फर्कने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ