arrow

नबिल बैंकको हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
nabil-ipf.jpg

काठमाडौं । नबिल बैंकले पूर्वाधार तथा परियोजना वित्तीय (आईपीएफ) डिभिजन अन्तर्गत बैंकको ऋण तथा लगानी पोर्टफोलियोबाट सन् २०२२ को हरितगृह ग्यास (जीएचजी) उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ। 

प्रतिवेदन २०२१ मा कार्बन अकाउन्टिङ फाइनान्सियल (पीसीएएफ) हस्ताक्षरकर्ताहरूमध्ये एकको रूपमा नबिल बैंकले हस्ताक्षर गरेको प्रतिबद्धता पत्रको अंशको रूपमा सार्वजनिक गरिएको हो ।

आईपीएफ पोर्टफोलियोमा ऊर्जा, सिमेन्ट, एयरलाइन्स, दूरसञ्चार सेवा र अन्य जस्ता व्यवसायिक क्षेत्रहरूमा लगानी र ऋणको दायरा समावेश छ। बैंकको दीगो बैंकिङ आईपीएफ डिभिजन अन्तर्गत बैंकको ऋण र लगानी पोर्टफोलियोबाट उत्सर्जन मापन गर्न सेट गरेको थियो ।

पोर्टफोलियोको कार्बन उत्सर्जनको मूल्याङ्कन अनुसार सन् २०२२ को कुल उत्सर्जन ८०,६७१.३७ टन कार्बनडाइअक्साइड बराबर रहेको देखियो । यससँगै जलविद्युत र सौर्य ऊर्जामा भएको लगानीमा २१३१.८१ टन कार्बनडाइअक्साइड उत्सर्जनबाट बच्न सकिन्छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘यो महत्त्वपूर्ण रकम भए पनि हामी हाम्रो कार्बन फुटप्रिन्ट घटाउन र हाम्रो पोर्टफोलियोलाई थप दिगो बनाउन सक्रिय रूपमा काम गरिरहेका छौं । नबिल बैंक दिगो भविष्य निर्माणमा समर्पित रहेको बताउँदै उनले थपे, ‘यसका लागि सामूहिक पहल आवश्यक छ भन्ने हामीले बुझेका छौं । हामी विश्वास गर्छौं कि हाम्रा लक्ष्यहरू प्राप्त गर्न पारदर्शिता आवश्यक छ । किनकि हामी नेट–शून्य कार्बन फुटप्रिन्टतर्फ हाम्रो प्रगतिमा नियमित अपडेटहरू प्रदान गर्न प्रतिबद्ध छौं ।’

नबिल बैंक, नेपालको पहिलो निजी क्षेत्रको बैंक हो, जसले बैंकिङ उद्योगमा वित्तीय सेवाको आविष्कार र दिगोपनमा अग्रसर रहेको छ। बैंकले स्थापना गरेको दिगो बैंकिङ एकाइ पूर्णतया नयाँ बैंकिङ संस्कृतिको दृष्टिकोण हो र जिम्मेवार बैंकिङ गर्ने आफ्नो इच्छाबाट आएको हो । 

बैंकले आफ्ना सबै कार्यहरूमा अझ दीगो हुन खोजेको छ, चाहे त्यो आफ्नै सञ्चालन र स्रोत व्यवस्थापनमा होस्, यसका सामाजिक उत्तरदायित्व पहलहरू लगायतका समग्र व्यापारिक गतिविधि पनि समावेश छन् ।

साथै बैंकले आफ्ना कर्मचारीहरूलाई कार्यालयभित्र र बाहिर दुवै दैनिक जीवनमा दिगो अभ्यासहरूका लागि प्रोत्साहित गर्दछ र स्वच्छ ऊर्जा स्रोतहरूमार्फत आफ्नो कार्यहरू क्रमशः डी(कार्बोनाइज गर्न प्रेरित गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ