arrow

राजसिंहासन सम्हालेपछि पहिलो विदेश भ्रमणमा चार्ल्स

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
charles-111.jpg

काठमाडौं ।  बेलायतको राजसिंहासन सम्हालेपछि पहिलो विदेश भ्रमणमा राजा चार्ल्स तृतीय निस्किँदै छन् । आज बेलायतका राजा चार्ल्स   जर्मनीको तीन दिने भ्रमणमा जाने भएका हुन् ।

बेलायती राजा बनेपछि बेलायत र युरोपेली युनियनबीचको वर्षौँदेखिको चट्टानी सम्बन्धलाई ब्लकबाट बाहिर निस्किए पछिको पाना पल्टाउने प्रयासको रूपमा राजा चार्ल्सले आफ्नो पहिलो विदेश भ्रमणमा जर्मनीको यात्रामा छन्। 

यसअघि बेलायतका नरेशले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको थियो तर फ्रान्स सरकारले अघि सारेको निवृत्तिभरणसम्बन्धी विधेयकको राष्ट्रव्यापी विरोध प्रदर्शनका कारण उनको भ्रमण स्थगित भएको थियो । 

नजिकका छिमेकी मुलुकको भ्रमण गर्ने राजाको निर्णयअनुसार चार्ल्स जर्मनीतर्फ प्रस्थान गर्न लागेका हुन् । जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरले बेलायतका राजाको भ्रमणलाई दुई देश र जनताबीचको घनिष्ठ एवम् हार्दिक मैत्रीको प्रतीक भनेका छन् । 

राजा चार्ल्सले बिहीबार जर्मनीको सङ्घीय संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै उनले हालै युक्रेनबाट आएका शरणार्थीलाई पनि भेट्ने कार्यक्रम रहेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ