arrow

एनआईसीको खातामा पैसा हाल्न लगाउने नौ चिनियाँसहित १९ जना पक्राउ [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
chinese-nepalese-arrested (6).jpg

काठमाडौं । साइबर अपराध गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार १९ जनालाई पक्राउ गरेको छ । जसमा नौ जना चिनियाँ नागरिकसमेत हुन् । 

काठमाडौंको महादेवखोला र चण्डोलमा कार्यालय राखेर उनीहरुले साइबर अपराध गरेको प्रहरीले जनाएको छ । पीडितले एनआईसी एसिया बैंकमा खोलिएको खातामा पैसासमेत पठाएको प्रहरीले जनाएको छ । 

बैंकको राजकुमार लामा, बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ र प्रयास भण्डारीको नाममा खोलिएको खातामा पैसा पठाएको भेटिएको हो । बुधबार पत्रकार सम्मेलन गरेर प्रहरीले चिनियाँ नागरिकको गिरफ्तारीबारे जानकारी दिएको हो । 

ह्वाट्स एपमार्फत टेलिग्राममा खाता खोल्न लगाएर अपरेशन टिचर नामक च्यानलमार्फत ठगी भएको भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । 

सञ्चारकर्मी माँझ सार्वजनिक गर्दा चिनियाँ नागरिकले भने विरोध जनाए । उनीहरुले उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर परिसरमै नाराबाजीसँगै सुतेर विरोध जनाएका थिए । 

चिनियाँहरुले पक्राउ परेपछि यस्तै किसिमका व्यवहार गर्दै आएका छन् । तस्बिर खिच्नेलाईसमेत दुर्व्यवाहार गरेका उनीहरुको बानीबारे प्रहरी राम्रैसँग जानकार छ । 

यसअघि पनि चिनियाँले प्रहरीलाई नै हातपातसमेत गरेका थिए । 
 

chinese-nepalese-arrested (1).jpg
chinese-nepalese-arrested (2).jpg
chinese-nepalese-arrested (3).jpg
chinese-nepalese-arrested (4).jpg
chinese-nepalese-arrested (5).jpg
chinese-nepalese-arrested (7).jpg
chinese-nepalese-arrested (8).jpg
chinese-nepalese-arrested (9).jpg
chinese-nepalese-arrested (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ