arrow

पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार

पर्वत । पर्वतको दक्षिण भेग र सदरमुकाम कुश्मा जोड्ने कुश्मा ज्ञादी झोलुङ्गे पुलको मर्मतसम्भार नगरिँदा दुर्घटनाको जोखिम बढेको छ । 
    
पुल निर्माण भएको दुई दशक पुगिसक्दा पनि मर्मत गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन् । पुलमा बिछ्याइएका फलामका डेक उप्कने नटबोल्ट खुकुलो हुने र कुनै कुनै  ठाउँमा त नटबोल्ट नहुँदा दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् । 
    
झोलुङ्गे पुलमा मोटरसाइकल गुडाउँदा जोखिम झन बढेको छ । मोदी खोलामाथि रहेको एक सय ३५ मिटर उचाइ र तीन सय ४४ मिटर लम्बाइको सो झोलुङ्गे पुलमा दैनिक तीन सय बढी  मोटरसाइकल ओहोरदोहोर गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ